प्रस्तुत विषयमा यस जीतपुरसिमरा उप-महानगरपालिका अन्तर्गत नगर स्तरीय छात्रवृत्ति छनोट परीक्षा सञ्चालन समितिको मिति २०८३/०२/०४ गतेको निर्णयानुसार यस पालिकाभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा कक्षा ११ मा छात्रवृत्ति अन्तर्गत अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि यो सूचना प्रकाशन गरिएको छ। SEE परीक्षा उत्तीर्ण गरी कक्षा ११ मा छात्रवृत्ति अन्तर्गत अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले मिति २०८३ जेठ मसान्तसम्म अनिवार्य रूपमा अनलाइन आवेदन फाराम भर्नुपर्नेछ। आवेदन फाराम यस कार्यालयको आधिकारिक वेबसाइट jeetpursimaramun.gov.np मार्फत अनलाइन रूपमा भर्न सकिनेछ। विद्यार्थीहरूले आफू अध्ययन गर्न चाहेको संस्थागत विद्यालय छनोट गरी सम्बन्धित विवरणहरू सही रूपमा भरी आवेदन submit गर्नुपर्नेछ।
{{'RESERVATION_INFO' | translate}}